कतारलाई ९ विकेटले पराजित गर्दै नेपाल एक खेल अगावै सेमिफाइनलमा

Share:

काठमाडाैं । आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्रको छनोटमा नेपालले लगातार चौथो जित निकालेको छ ।

सोमबार भएको खेलमा नेपालले कतारलाई ९ विकेटले पराजित गरेको हो। नेपालले पाएको ७५ रनको लक्ष्य १० ओभर ३ बलमा नै पुरा गर्याे। नेपालमा जितमा काजोल श्रेष्ठले ३२ रन बनाइन् । यस्तै सीता राना मगरले १७ र इन्दु बर्माले नट आउट २० रन जोडिन् । इन्दुले १२ बलमा २० रन बनाएकी हुन् । सीताले २३ मा १७ रन र कविताले २८ बल खेल्दै ३२ रन बनाएकी हुन् ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रन बनायो। कतारका लागि साक्षी दधवालले सर्वाधिक २१ रन बनाइन् । ४४ बल खेलेकी उनी इन्दू बर्माको बलमा एलबिडब्लू भइन्। त्यस्तै एलिना खानले १५ रन बनाएर रन आउट भइन्।

कप्तान आइसाले १० रन बनाइन भने एन्जलेनी मरेले १४ रन बनाइन्। कतारलाई सस्तैमा समेट्न नेपालकी इन्दू बर्माले ३ विकेट लिइन भने पुजा महतो र कविता जोशीले एक एक विकेट लिए।

लगातार चौथो जित निकालेको नेपालले ८ अंक भएको छ। यो जितसँगै नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेकाे छ ।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन, बहराइनलाई १० विकेट र भुटानलाई ३ विकेटले हराएको थियो । नेपालले अन्तिम खेल बुधबार युएईसँग खेल्नेछ ।

कमेन्ट गर्नुहोस्