१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

Share:

दाङ । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गढवा गाउँपालिका-१ चिसापानी बस्ने ४० वर्षीय रामबहादुर खनाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

राप्ती गाउँपालिका-२ लालमटियास्थित आदर्श नमुना माध्यमिक विद्यालयमा कार्यालय सहयोगी तथा सह-चालकको रूपमा कार्यरत खनालले भदौ ४ गते दिउँसो ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले खनाललाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्