
विराटनगर । शिवरात्रिको दिन आइतबार बिहान विराटनगर महानगरपालिका-५ स्थित पुलचोकमा दुर्घटनामा परेको स्कोरपिओ गाडीबाट ४२० किलो गाँजा बरामद भएको छ ।
दुर्घटनामा परेको बा८च ६५०८ नम्बरको स्कोरपिओ गाडीबाट प्रहरीले ४२० किलो गाँजा बरामद गरेको हो ।
भित्री सडक खण्ड हुँदै तीव्र गतिमा गुडिरहेको स्कोरपिओ अचानक अनियन्त्रित भई सडक छेउको खाल्डोमा खसेको थियो ।
मोरङ प्रहरी प्रमुख एसपी कविता कटवालकाअनुसार बरामद गरिएको गाँजा ४२० किलो छ । गाँजा र गाडी नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उनले बताइन् ।
कमेन्ट गर्नुहोस्








