कप्तान सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणीको जाहेरी दर्ता

Share:

नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेको छ । लामिछानेविरुद्ध जबर्जस्ती करणी मुद्दामा जाहेरी परेको हो ।

मंगलबार १७ वर्षीया एक नाबालिगले आफूलाई सन्दीपले जबर्जस्ती करणी गरेको भन्दै जाहेरी दिएको प्रहरी उच्च स्रोतले जनाएको छ। जिल्ला प्रहरी कार्यालय, टेकुमा मंगलबार साँझ यौन दुर्व्यवहारको गरेको आरोपसहित किटानी जाहेरी परेको हो । प्रहरीले पीडित भनिएकी बालिकाको आज साँझ मेडिकल परीक्षण समेत गराएको छ ।

हाल सन्दीप पूर्वी अफ्रिकी देश केन्यामा छन् । उनी भदौ ६ गते क्यारेबियन प्रिमियर लिग खेल्नका लागि राष्ट्रिय टिमको कप्तानी गर्दै केन्या पुगेका हुन् ।

कमेन्ट गर्नुहोस्