पुष्पा २ बाट अल्लुले लिए १२५ करोड पारिश्रमिक

Share:
arthasanjal.com/wp-content/uploads/2022/09/allu-arjun-500×278.webp” class=”attachment-medium size-medium wp-post-image” alt=”” loading=”lazy” style=”margin-bottom: 15px;” srcset=” arthasanjal.com/wp-content/uploads/2022/09/allu-arjun-500×278.webp 500w <arthasanjal.com/wp-content/uploads/2022/09/allu-arjun-500×278.webp500w> , arthasanjal.com/wp-content/uploads/2022/09/allu-arjun-768×427.webp 768w <arthasanjal.com/wp-content/uploads/2022/09/allu-arjun-768×427.webp768w>, arthasanjal.com/wp-content/uploads/2022/09/allu-arjun.webp 800w <arthasanjal.com/wp-content/uploads/2022/09/allu-arjun.webp800w>” sizes=”(max-width: 500px) 100vw, 500px” />
फिल्म ‘पुष्पा’को सफलता पछि अल्लु अर्जुन पेन इण्डिया स्टार बनेका छन् । उनको पारिश्रमिकदेखि स्टारडमसम्ममा व्यापक वृद्धि भएको छ । उनले ‘पुष्पा २’का लागि झण्डै अभिनेता सलमान खानको हाराहारीमा पारिश्रमिक बुझेका छन् ।

समाचारअनुसार ‘पुष्पा २’ का लागि उनले १२५ करोड पारिश्रमिक लिएका छन् । यो फिल्मको बजेट ४ सय ५० करोड हो । उनको यो पारिश्रमिकसँगै बलिउडमा सर्वाधिक पारिश्रमिक लिने कलाकारको तेस्रो स्थानमा परेका छन् । पारिश्रमिकको मामलामा उनले अभिनेता अक्षय कुमारलाई पनि पछि पारेका छन् ।

यसअघि अभिनेता सलमानले फिल्म ‘किसीका भाइ किसीका जान’का लागि १२५ करोड पारिश्रमिक लिने भएका छन् । फिल्म निर्माताले नै स्वेच्छाले उनलाई यो पारिश्रमिक दिन लागेका हुन् । सलमानको यो फिल्म यसै वर्षको ३० डिसेम्बरमा रिलिज हुँदै छ । अल्लुको फिल्म भने आगामी वर्षमात्र रिलिज हुनेछ ।

कमेन्ट गर्नुहोस्