कमल थापाको रिट सर्वोच्चद्वारा राखेज, गाई चुनाव चिन्ह नपाउने

356
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/Kamal-Thapa-1024×683.webp 1024w, arthasanjal.com/wp-content/uploads/2022/09/Kamal-Thapa-768×512.webp 768w, arthasanjal.com/wp-content/uploads/2022/09/Kamal-Thapa.webp 1140w” sizes=”(max-width: 450px) 100vw, 450px” />

राप्रपा नेपालका अध्यक्ष कमल थापाले गाई चुनाव चिन्ह पाउनुपर्ने माग राखी सर्वोच्च अदालतमा दिएको निवेदन खारेज भएको छ । सर्वोच्चले उनले दर्ता गरेको रिट निवेदन खारेज हुने आदेश गरेको हो ।न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको यो आदेशसँगै उनलाई गाई निर्वाचन चिह्न नदिने भनी निर्वाचन आयोगले गरेको निर्णय यथावत रहने भएको छ ।

राष्ट्रिय पहिचान भएका चिन्ह, जनावर र पंक्षी जनिने चिन्हहरु कुनैपनि दललाई निर्वाचन चिह्नका रुपमा प्रदान नगरिने भनी निर्वाचन आयोगले निर्णय गरेको थियो । आयोगको निर्णय विरुद्ध थापा सर्वोच्च पुगेका थिए ।

कमेन्ट गर्नुहोस्