
काठमाडौं । आज नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ ।
सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार रहेको छ। यस दिन छापावाल सुन प्रतितोला एक लाख १८ हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तैगरी, चाँदीको मूल्य पनि बढेको छ । महासङ्घको जानकारी अनुसार आज चाँदी तोलामा ४५ रुपैयाँले बढेर १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
कमेन्ट गर्नुहोस्







