
पाल्पा । पाल्पाको रामपुरमा भैरहेको सडक मर्मत गर्ने क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ ।
ज्यान गुमाएका चालक २४ वर्षीय धनवीर खड्काको परिवारलाई नगरपालिकाले एक लाख रुपैयाँ सहयोग गरेको रामपुर नगरपालिका–१० टोक्से पलेङ क्षेत्रका नगर प्रमुख रमणबहादुर थापाको जानकारी रहेको छ ।
दाङको शान्तिनगर गाउँपालिका–१ नयाँबस्ती घर भएका खड्काकी श्रीमती पवित्रालाई नगरपालिकाले सो रकम प्रदान गरेको हो । गत असोज २२ गते बाटो मर्मत गर्ने क्रममा पहिरोले पुरिएर चालक खड्काको ज्यान गएको थियो । रामपुर नगरपालिकाले नगरभित्र भैपरी आउने घटना, आगलागी, बाढीपहिरो पीडित, असहाय तथा विपन्न परिवारलाई राहत रकम उपलब्ध गराउँदै आएको छ ।
कमेन्ट गर्नुहोस्







