
काठमाडाैं । बिहीबार १७८ रुपैयाँमा मुक्तिनाथ कृषि कम्पनीको पहिलो कारोबार भएको छ। बिहीबारदेखि नेप्सेमा कारोबार खुलेको कम्पनीको स्पेशल प्रि ओपन सेसनमा पहिलो कारोबार १७८ रुपैयाँ ८ पैसमा भएको हो।
बुधबार कम्पनीको ७० लाख कित्ता शेयर सूचीकृत भएको थियो। बिहीबारदेखि दोस्रो बजारमा कारोबार सुरु भएको हो। नेप्सेले कम्पनीको ओपनिङ रेन्ज पहिलो कारोबारका लागि प्रतिकित्ता ७६ रुपैयाँ ८१ पैसाँदेखि २३० रुपैयाँ ४३ पैसासम्म तोकेको थियो।
कम्पनीको सेयर कारोबारका लागि ‘एमकेसीएल’ संकेत प्राप्त गरेको छ ।
कमेन्ट गर्नुहोस्







