
काठमाडौं । आज बुधबार पनि सुनको मूल्य घटेको छ । आज सुन तोलामा ३०० रुपैयाँले घटेको हाे ।
आज छापावाला सुनको मूल्यको १ लाख १६ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसाय महासंघले जनाएको छ ।
त्यस्तैगरी, चाँदी तोलामा १० रुपैयाँले घटेको छ । चाँदी तोलामा एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
कमेन्ट गर्नुहोस्







