
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको आज मङ्सिर २७ गते लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।
भोलि मङ्सिर २८ गते कम्पनीले साधारणसभा प्रयोजनको लागि बुक क्लोज गर्ने निर्णय गरेकोले आज मङ्सिर २७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
बैंकले पुस १४ गते धरानमा आह्वान गरेको छ।सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ९.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५ प्रतिशत नगद गरि कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।
कमेन्ट गर्नुहोस्







