सुनचाँदीको भाउ घट्यो, कारोबार कतिमा हुँदै ?

Share:

काठमाडौं । सुनचाँदीको भाउ आज घटेको छ । छापावाला सुन तोलामा ३०० रुपैयाँले मंगलबारको तुलनामा बुधबार घटेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार छापावाल सुन तोलाको १ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।

तेजाबी सुन चाहिं तोलाको १ लाख १४ हजार १५० रुपैयाँमा किनबेच भइरहेको छ । बुधबार चाँदी तोलामा २० रुपैयाँले घटेर १ हजार ३८५ रुपैयाँ कायम भएको छ ।

कमेन्ट गर्नुहोस्