
काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० का लागि लाभांश वितरण कामना सेवा विकास बैंकले नगर्ने भएको छ। मंगलबार (कात्तिक २१ गते) बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वित्तीय विवरणहरुमाथि छलफल गरी लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकसमक्ष उक्त आर्थिक वर्षको अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्ने र लाभांश वितरण नगर्ने प्रस्तावसहितको वित्तीय विवरणहरु अन्तिम स्वीकृतिका लागि पेस गर्ने निर्णय पनि बैंकले गरेको छ।
बैंकले राष्ट्र बैंकद्वारा कुनै संशोधन, सुझाव तथा निर्देशन प्राप्त भएमा सोसमेत समावेश गरी आगामी वार्षिक साधारणसभाबाट स्वीकृतिका लागि पेस गर्ने निर्णय पनि गरेको छ।
कमेन्ट गर्नुहोस्







