ग्लोबल आइएमई बैंकले लाभांश दिने घोषणा गर्यो, नगद र बोनस कति ?

Share:

काठमाडौं । आर्थिक वर्ष २०७९/८० का लागि ग्लोबल आइएमई बैंकलद्वारा लाभांश प्रस्ताव गरेको छ।

उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफासमेतबाट सेयरधनीहरुलाई चुक्तापुँजीको १ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगदसहित कुल ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले प्रस्ताव गरेको हो।

नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि प्रस्तावित लाभांश आगामी सत्रौँ वार्षिक साधारणसभाबाट पारित गरी वितरण गरिने बैंकले जनाएको छ।

कमेन्ट गर्नुहोस्