१ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ मीनबहादुर गुरुङद्वारा सहयोग घोषणा

Share:

काठमाडौँ । भूकम्प पीडितलाई सहयोग दिने घोषणा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले गरेका छन् । उहाँले प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा गर्नु भएको हो ।

शुक्रबार राति गएको भूकम्पद्वारा जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएका कारण गुरुङले उक्त रकमको घोषणा गरेका हुन् ।

कमेन्ट गर्नुहोस्