
काठमाडौं । सिन्धुपाल्चोकको माझी बस्तीको जग्गा लिलामी प्रक्रिया १५ दिन रोक्न सम्बन्धित बैंकलाई पाटन उच्च अदालतले अन्तरिम आदेश दिएको छ । मंगलवार (तत्कालीन सनराइज बैंक)लाई उच्च अदादतले लिलामी पक्रिया १५ दिन रोक्न आदेश दिएको हो ।
अभिनेत्री स्वेता खड्काको नामले चिनिने रञ्जना खड्का र उनको स्वेताश्री फाउण्डेशनले यसअघि नमुना वस्ती निर्माणका क्रममा माझीहरुले बैंकबाट लिएको ऋण आफूले व्यहोर्ने प्रतिबद्धता जनाएको थियो । तर अहिलेसम्म पनि ऋण रकम भुक्तानी नदिएपछि बैंकले लिलामी सूचना निकालेको हो ।
पाटनको उच्च अदालतले उक्त बैंकलाई लिलामी प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको हो । लिलामी प्रक्रिया रोक्न आदेश दिनुका साथै फाउण्डेशन र १५ दिनभित्र अदालतमा उपस्थित भएर लिखित जवाफ पेश गर्ने आदेशसमेत पोखरेलको इजन्यायाधीश रमेशराज राशले दिएको छ ।
कमेन्ट गर्नुहोस्







