
काठमाडौं । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले तिहार पर्वलाई लक्षित गरी सुनका असर्फी र चाँदीका सिक्का विक्री गर्ने भएको छ ।
बैंकले सुनका असर्फी र चाँदीका सिक्का (मेडालियन) प्रतिव्यक्ति बढीमा सुनका असर्फी १ सेट (१० ग्राम, ५ ग्राम, २.५ ग्राम) र चाँदीका सिक्का (मेडालियन) १ सेट (गाई अंकित २५ ग्राम, गाई अंकित १० ग्राम, लक्ष्मी अंकित १० ग्राम, गणेश अंकित १० ग्राम, गजलक्ष्मी अंकित १० ग्राम) विक्रीको प्रबन्ध मिलाइएको जानकारी दिएको छ । गाई अंकित चाँदीका सिक्का भने राष्ट्र बैंकले केही समय अगाडीनै नमुना सहित बेच्ने सार्वजनिक गरेको थियो ।
बैकंले उक्त असर्फी र सिक्का खरीद गर्दा नगद वा क्युआरमार्फत भुक्तानी गर्न सकिने जानकारी दिएको छ । बैंकले यही कात्तिक १९ देखि २४ गतेसम्म बिहान ११:०० देखि अपराह्न ३ बजेसम्म असर्फी र सिक्का विक्री गरिने जनाएको छ ।







