
काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटमा घरेलु टोली नेपालले आज मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । त्रिभुवन विश्वबिध्यालयको कीर्तिपुर स्थित क्रिकेट मैदानमा सम्पन्न हुने खेलमा टस जितेर मलेसियाले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको हो ।
पहिलो खेलमा ओमानसँग पराजित भएको मलेसिया पहिलाे जितकाे खाेजीमा छ । पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको नेपाल लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यमा छ ।
नेपालले सिंगापुरविरुद्ध खेलेको टिममा कुनै परिवर्तन गरेकाे छैन । नेपालका स्टार अलराउण्डर दीपेन्द्रसिंह ऐरी साेमबार सिंगापुरसँगकाे खेल सुरु हुनु अघि चाेग्रस्त भएपछि नेपाल उनकाे ठाउँमा विवेक यादवलाई राखिएकाे थियाे । तर ब्याटिङ र बलिङ दुबै गर्न नपाएका विवेकलाई नै आज पनि प्लेइङ ११ राखिएकाे छ ।
कमेन्ट गर्नुहोस्







