
काठमाडौं। संविधान दिवसको अवसर पारेर सरकारले तामझामका साथ सञ्चालनमा ल्याएकाे रत्नपार्क-सूर्यविनायक द्रुत बस सेवा हाल बन्द अवस्थामा रहेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार सेवा सञ्चालनका क्रममा प्राविधिक र व्यवस्थापकीय पक्षमा देखिएका कमजोरी तथा समस्याको हल गर्दै तिहार बिदा पश्चात पुनःसञ्चालनमा ल्याउने योजना रहेको जनाइएको छ।
यातायात व्यवस्था विभागले अब द्रुत बसको लेनमा अब डोरी लगाइ संचालन गर्ने योजना रहेको जानकारी दिएका छन् जसले गर्दा अन्य सवारी साधनहरु द्रुत मार्गमा प्रवेश गरि अवरोध गर्न सक्ने छैनन् भने अर्को तर्फ द्रुत सेवाका साधन आफ्नो मार्ग मा नै रहने भएकोले अन्य सवारी साधनको मार्गमा प्रवेश नगरी अन्य साधनहरुलाई समेत सहज हुने छ।
हाल २५ वटा बस मात्र सञ्चालनमा रहेको द्रुत बस सेवाको सङ्ख्या दोब्बरले बढाएर संचालनको तयारी रहेको मन्त्रालयको भनाइ रहेको भयेपनि सर्वसाधारण भने बिस्वस्त देखिएका छैनन् ।