
काठमाडौँ । इजरायलमा हमास समुहले गरेको आक्रमणले विकास भएको घटनाक्रमबाट सृजित अवस्था र त्यहाँ रहेका नेपाली नागरिकहरूको उद्धार लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को विशेष बैठक बोलाएका छन्। बैठक सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न ४ बजे बस्ने छ ।
सचिवालय श्रोतले जनाएअनुसार प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद बैठक लगत्तै बस्ने गरि सिंहदरबारमानै सर्वदलीय बैठक समेत बोलाइएको छ।
यसै सम्बन्धमा प्रधानमन्त्रीले हिजोनै प्रधानमन्त्री निवास बालुवाटारमा रक्षा, गृह, परराष्ट्र र शिक्षा मन्त्रीको उपस्थितिमा राष्ट्रिय सुरक्षा सल्लाहकार, परराष्ट्र सचिव र सुरक्षा निकायका प्रमुखहरू संग छलफल गर्दै परराष्ट्र मन्त्रीको संयोजनमा परराष्ट्र मन्त्रालयको नेतृत्वमा सम्बन्धित मन्त्रालयका प्रतिनिधि तथा सुरक्षा निकायका प्रतिनिधि, विदेशस्थित दूतावास तथा नियोग समिम्लित टिम गठन गरि उद्धार र नेपाली फिर्तीसम्बन्धी आवश्यक कार्य अगाडी बढाएको छ।
सरकारले इजरायलबाट स्वदेश फर्किन चाहने नेपाली नागरिकहरूलाई फिर्ता ल्याउन लगत सङ्कलन र संयन्त्र समेत खडा गरिसकेको बताइएको छ।







