लापरवाहीको चरम उत्कर्षमा पुगेको यातायात विभागले फेरी रोक्यो लाइसेन्स छपाई

Share:

काठमाडौँ । लापरवाहीको चरम उत्कर्षमा पुगेको यातायात व्यवस्था बिभागले पुन आफ्नो अकर्मन्यताको सिमा नाघेको छ । करिब एक बर्ष अगाडी देखिका नवीकरण तथा नया ‘स्मार्ट’ चालक अनुमतिपत्र हाल सम्म छपाई गर्न नसकेको विभागले अब आवश्यक कार्ड नभएकोले आकस्मिकबाहेक अरु छपाइ रोकेको छ।

बिभागले बिगत तीन साताभन्दा बढी देखि आकस्मिक सेवाग्राहीका लागि मात्रै अनुमतिपत्र छापिरहेको जनाएको छ ।

एसियाली विकास बैंकको सूचना र सञ्चार प्रविधि परियोजनाअन्तर्गत भएको सम्झौताका आधारमा चार प्रिन्टर र तीन लाख ५० हजार कार्ड खरिद गरिएको भएतापनि कहिले आवश्यक उपकरण वा सामग्री खरिदका कारण त कहिले व्यवस्थापनका कारण नागरिकले समयमा अनुमतिपत्र पाउन भने सकेका छैनन् ।

 

कमेन्ट गर्नुहोस्