
काठमाडौँ। गत असार १ गते गृह मन्त्रालयबाट निलम्बित सहकर्मी महिला प्रहरीमाथि यौन दुर्व्यवहारको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले पदबाट राजीनामा दिएका छन्।
सहकर्मी महिला हवल्दारमाथि जेठ १९ गते यौन दुर्व्यवहार गरेको आरोपको आधारमा निजमाथि सत्य तथ्य पट्ट लगाउन प्रहरी प्रधान कार्यालयले छानबिन समिति बनाई अनुसन्धान गरेकोमा समितिले कारबाही गर्नुपर्ने सिफारिस गरेको कारणले निलम्बनमा परेका थिए।
निलम्बित रहेको अवस्थामा नै आरोपित एसएसपी पालले राजिनामा दिएका हुन् भने उनको राजीनामा स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाइएको प्रहरीका केन्द्रीय प्रवक्ता एवं डिआइजी कुवेर कडायतले जानकारी दिनुइभएको छ।
कमेन्ट गर्नुहोस्







