
काठमाडौँ । सरदर असोज १५ गते सम्म बाहिरिने गरेको मनसुन यस वर्ष भने करिब एक सातापछि मात्र बाहिरिने अनुमान गरिएको छ । यस वर्षको मनसुन बाहिरिने समयमा फेरि सक्रिय भएकोले बाहिरिने मिति पर सरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
बङ्गालको खाडीको उत्तरपश्चिम भागमा विकास भइरहेको न्यूनचापीय क्षेत्र उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना कायमै रहँदा नेपालमा मनसुन फेरि सक्रिय बनि शनिबार रातिदेखि देशव्यापी बदली सुरु भएको विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार नेपालका धेरै जसो क्षेत्रमा अझै एक साता वर्षा हुने छ ।
देशको मौसम सम्बन्धि पूर्वानुमान गर्दै महाशाखा भन्छ हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
असोज १५ गते सोमबारको पूर्वानुमान अनुसार दिउँसो देशभर सामान्य बदली रहनेछ भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । त्यसैगरी सोमबार राती पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
२०८० असोज १६ गते मंगलबारको लागि पूर्वानुमान गर्दै महाशाखाका अनुसार दिउँसो देशभर सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ भने राती कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
२०८० असोज १७ गते बुधबारको पूर्वानुमान अनुसार दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, मधेश बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ भने राती देशभर सामान्य बदली रहनेछ। कोशी, मधेश बागमती, गण्डकी र लुम्बिनी प्रदेशका प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखा वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधाका साथै चट्याङ्गको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।








