आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा

Share:

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको साताव्यापी चीन भ्रमण आजदेखि सुरु हुने भएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री प्रचण्ड त्यहाँबाट सिधै आज चीनको हाङजाओ प्रस्थान गर्ने भएका हुन् ।

अमेरिकाबाट सिधै चीन भ्रमणमा जाने प्रधानमन्त्री प्रचण्डले चीनमा रहँदा चिनियाँ राष्ट्रपति सी जिनपिङ, समकक्षी ली छ्याङलगायतसँग भेटघाट गर्ने कार्यक्रम छ ।

चिनियाँ समकक्षी छ्याङको निमन्त्रणामा जान लागेका प्रधानमन्त्री प्रचण्ड न्युयोर्कबाट शुक्रबार स्थानीय समयअनुसार राति साढे १ बजेको फ्लाइटबाट हाङजाओ प्रस्थान गर्नेछन् ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका प्रधानमन्त्री प्रचण्ड चीनमा हुने १९ औं एसियाली खेलकुदको उद्‌घाटन समारोहमा सहभागी हुनेछन् । शनिबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग प्रधानमन्त्री प्रचण्डको भेट हुनेछ ।

कमेन्ट गर्नुहोस्