सरकार र शिक्षकहरु वार्ता गर्दै

Share:

काठमाडौँ । बिहीवार तीनपटक छलफल भएपनि निश्कर्षविहिन भएको सरकार र आन्दोलनरत शिक्षकहरु आज औपचारिक बार्तामा गृह मन्त्रालयमा बस्ने भएका छन ।

सरकारका तर्फबाट उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ र तत् मन्त्रालयका सचिवहरू रहेको सरकारी वार्ता टोली र शिक्षक संघ र संगठनले बनाउने वार्ता टोलीबीच गृह मन्त्रालयमा छलफल हुनेछ।

बिहीबारको छलफलमा शिक्षकहरूले आफूहरूले उठाएका माग र विधेयक संशोधनमा लिखित सहमति गर्नुपर्ने प्रस्ताव राखेका थिए । तर, सरकार पक्ष त्यसमा तत्पर नभएको महासंघको आरोप छ । शिक्षामन्त्री राईले शिक्षकका उपयुक्त माग पूरा गर्न सरकार तयार रहेको बताएका थिए । ‘शिक्षकका साझा समस्या पूरा गर्न सरकार कोसिसरत छ । तर, शिक्षामा बजेटको कमी छ । शिक्षकलाई मोटिभेसन हुने गरी सरकारले काम गर्छ,’ उनले भने ।

शिक्षक नेताहरूले देशभरका सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीका माग पूरा गरेर फर्कने मनस्थितिसहित आएकाले माग सम्बोधन नभएसम्म आन्दोलन स्थगन नहुने बताएका छन् ।

कमेन्ट गर्नुहोस्