मलङ्गवामा फेरि अनिश्चितकालीन निषेधाज्ञा

Share:

मलङ्गवा  । सर्लाही सदरमुकाम मलङ्गवामा बिहीबार साँझ गणेशको मूर्ति सेलाउन जाने क्रममा हिन्दु र मुस्लिम समुदाबीच झडप भएपछि स्थानीय प्रशासनले बिहीबार राति १० बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

मूर्ति विर्सजनको क्रममा मलङ्गवा–३ मा विवाद पश्चात भएको झडपको क्रममा एक युवकमाथि छुरा प्रहार समेत भएको थियो । स्थिति नियन्त्रणमा लिन गए राति १०ः०० बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका लागि निषेधाज्ञा आदेश गरिएको हो ।

पुरानो मलङ्गवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल–भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट÷बाबा पेट्रोलपम्म) सीमा क्षेत्रभित्र कसैले आजवतजावत, भेला हुन, बाहिर हिँडडुल गर्न एवं अरु कुनै प्रकारको गतिविधि गर्न नपाइने आदेश छ ।

अहिले मलङ्गवाको  स्थिति सामान्य रहेको सर्लाहीको प्रहरी कार्यालयले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्