पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई ईण्डिया प्रस्थान

235
0
Share:

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई एक हप्ते भमणको लागी छिमेकी मुलुक ईण्डिया जान लागेका छन् ।

डा. भट्टराईका स्वकिय सचिव रोशन पोखरेलले जानकारी दिए अनुसार डा. भट्टराई पार्टी प्रवास कमिटीको निमन्त्रणामा आज ईण्डिया जान लागेका हुन् । प्रवासको क्रममा भट्टराई गोवा, कर्नाटक, नयाँ दिल्ली र चण्डिगढ जानेछन् र केही बुद्धिजीवी, नागरिक समाजका अगुवा तथा प्रवासी नेपाली समुदायसंग भेट गर्ने कार्यक्रम रहेको जनाईएको छ ।

डा. भट्टराई असोज ५ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री दुवै एकै समयमा विदेश भ्रमणमा प्रस्थान गर्नु संयोग मात्र हो त भन्ने शंका केही नागरिक अगुवाहरुले प्रकट गरेका छन् ।

कमेन्ट गर्नुहोस्