सिन्धुपाल्कोकमा ट्याङ्करले ठक्कर दिँदा मोटरसाईकमा सवार दुईजनाको मृत्यु

Share:

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको घुमाउने डाँडामा मेलम्ची बाट बाह्रबिसे जाँदै गरेको ट्याङ्करले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार दुइ यात्रुको निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार ईन्धन ढुवानीको लागी मेलम्चीबाट बाह्रबिसे जानेक्रममा ट्याङ्करले विपरित दिशाबाट आइरहेको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार नवीन पाण्डे र समिर दोङको मृत्यु भएको थियो । मृतकद्वय अनेरास्ववियु संग सम्बन्धित रहेको थाहा भएको छ ।

प्रहरीले चालक र ट्याङ्करलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस्