
काठमाडौँ । नेपाल चिकित्सक सङ्घले असुरक्षित भएको कारणले सेवा दिन नसक्ने तथा हेटौँडा घटनामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प गरेपछि सरकारले वार्ताका लागि बोलाएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा.विकास देवकोटाको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य मन्त्रालयका सहसचिव रहने गरी पाँच सदस्यीय वार्ता समिति गठन गरेर वार्ता सुरु गरेको हो।
स्वास्थ्य मन्त्रालयमा आज बिहान दुबै पक्षबीच वार्ता सुरु भएको र वार्ता आज नै निस्कर्षमा पुग्ने सम्भावना रहेको बताइएको छ।
कमेन्ट गर्नुहोस्







