प्रथम पटक का.म.न.पा. कार्यपालिका बैठकको लाइभ प्रसारण बिचैमा रोकियो

Share:

काठमाडौँ । काठमाडौँ महानगरको बालाजु बाइसधारास्थित उद्यानको सभाहलमा बसेको बिहिबार बसेको कार्यपालिका बैठकमा विवाद भएको छ । चुनावमा घोषणा गरेअनुसार मेयर बालेन्द्रले कार्यपालिका बैठकको सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रसारण गर्दै आएकामा बैठकमा विवाद बढ्दै गएपछि बैठकको प्रत्यक्ष प्रसारण बन्द गरिएको थियो ।

महानगरका मेयर बालेन्द्र साहले प्रस्तुत गरेका एजेण्डाहरुमा चलेको छलफलको क्रममा अन्तिम एजेण्डाका रुपमा रहेको विविध शीर्षकमा विवाद भएको हो । बैठकमा सम्मिलित वडाध्यक्षहरुले माग अनुसारको बजेट बिनियोजित नभएको र संलग्न राजनैतिक दलको कार्यकर्ता बनेर बजेट तर्जुमा गरिएको आरोप लगाउदै उप-प्रमुख डंगोल को बिरोध गरेका थिए। प्रतिउत्तरमा उप-प्रमुख डंगोलले बजेट आफू एक्लैले नभई तर्जुमा समितिले बनाएको बताउदै ‘वडाध्यक्षहरुले यो मेरो वडा, त्यो तेरो वडा भनेपछि प्रमुख र उपप्रमुखको चाहिँ कुन वडा त ?’, भन्दै प्रश्न गरेकी थिइन् ।

बैठक ले महानगरको शहरी योजना आयोगका उपाध्यक्षमा सुमन नरिसंह राजभण्डारीलाई भने  नियुक्त गर्ने गरेको छ ।

 

कमेन्ट गर्नुहोस्