सरकारले बढायो श्रमिकको न्यूनतम पारिश्रमिक

Share:

काठमाडौँ । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि गरेको छ । हालै बढाएको पारिश्रमिक अनुसार श्रमिकको मासिक तलब १७ हजार ३ सय पुगेको छ । वृद्धि अघि श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार रहेको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ अनुसार १ श्रावण २०८० बाट लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरिएको जनाएको छ । चिया बगानका श्रमिकको हकमा भने पारिश्रमिक १२ हजार ८१ बाट बढेर १३ हजार ८ सय ९३ पुगेको छ ।

नयाँ पारिश्रमिक लागु भएसंगै श्रमिकको दैनिक पारिश्रमिक ६ सय ६८ रुपैयाँ पुगेको छ ।

कमेन्ट गर्नुहोस्