अघि बढ्दै सुन प्रकरण अनुसन्धान, थप २ चिनियाँ सीआईबीद्वारा पक्राउ

Share:

काठमाडौं । हङकङबाट आएको सुन प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धानका क्रममा काठमाडौंबाट गएराति दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा याओ पुचेङ्ग र ली वेन सुङ्ग छन् ।

श्रावण ३१ मा सिआईबीले चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । बुधवार पक्राउ परेका टीयान मि र वेन तोङ दम्पति केहि समयदेखि ठमेलमा ‘केटीबी’ नामको रेष्टुरेण्ट संचालन गरेर नेपालमानै बसीरहेका  छन् । डिङ सेग्फा र ली–नेङकाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाडीमा सुन ओसार्ने काममा संलग्न रहेको अनुसन्धानबाट खुलेको छ ।

राजश्व अनुसन्धान विभागले भन्सार जाँचपास कटेर बाहिरिएको सुनसहितको १५५ किलो ‘ब्रेक शु’ ३ श्रावणमा बरामद गरि १९ दिनसम्म अनुसन्धान गरेर संगठित अपराधको तत्व देखिएको भन्दै थप अनुसन्धानको जिम्मा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिएको थियो हुन् प्रकरणमा हालसम्म पक्राउ पर्नेको संख्या २३ पुगेको छ ।
कमेन्ट गर्नुहोस्