
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले म्युचुअल फन्डहरुले आईपीओमा पाउँदै आएको कोटा हटाउने भएको छ । म्युचुअल फन्डले उद्देश्यअनुरुप कार्य नगरेको भन्दै कोटा हटाउन लागिएको बोर्डले जनाएको छ।
हाल म्युचुअल फन्डलाई हरेक कम्पनीको प्राथमिक निष्काशनको ५ प्रतिशत सेयर छुट्याइएको छ । लगानीकर्ताहरु पनि म्युचुअल फन्डलाई दिएको कोटा हटाउनु पर्ने माग राख्दै आएका थिए ।
म्युचुअल फन्डहरुले आईपीओमा पाएको कोटा सुविधाको दुरुपयोग गरेको आरोप पनि लगानीकर्ताहरुको छ ।
कमेन्ट गर्नुहोस्







