मन्त्रिपरिषद पुनर्गठनको तयारी

Share:

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेर गर्दै छन् ।

दुई मन्त्रीलाई फिर्ता बोलाएर नयाँ दुई सांसदलाई मन्त्रीमा प्रधानमन्त्री प्रचण्डले नियुक्त गर्दै छन् ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का सांसद हितबहादुर तामाङ र जनमत पार्टीकी सांसद अनितादेवी साहलाई प्रचण्डले मन्त्री नियुक्त गर्न लागेका छन् । तामाङ नुवाकोट–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् भने साह जनमत पार्टीबाट समानुपातिक सांसद हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई फिर्ता बोलाएर नयाँ दुई मन्त्री नियुक्त गर्नेबारे आन्तरिक तयारीमा प्रधानमन्त्री प्रचण्ड रहेका छन् ।

किराती र मोदीमध्ये एकजनालाई हटाउने भनिएकोमा दुवै मन्त्रीको कार्यसम्पादन सन्तोषजनक नदेखिएछि माओवादी नेतृत्वले उनीहरूलाई फिर्ता बोलाउने भएको हो ।

प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार सम्भवतः आइतबार नै मन्त्रिपरिषद् हेरफेर हुनेछ । दुई जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ दुई जना मन्त्री नियुक्त गर्ने तयारीमा प्रधानमन्त्री रहेका छन्

कमेन्ट गर्नुहोस्