पानी धेरै पर्ने, शनिबार देखि सोमबार सम्म सजग रहन जल तथा मौसम बिज्ञान विभागको सुझाव

Share:

काठमाडौँ । जल तथा मौसम बिज्ञान विभागले आज आकस्मिक बुलेटिन जारी गर्दै  आगामी केहि दिन भरि बर्षाको सम्भावना औल्याएको छ ।

बिभागका अनुसार मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough)  सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। यसका साथै भारतको विहारको उत्तर पश्चिम भू-भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणाली (Low Pressure Area) को पनि प्रभाव रहेको ले हाल देशभर आंशिक देखी सामान्य बदली रहेको छ ।

श्रावण २७ गते शनिबार देशभर सामान्य देखि पुर्ण बदली रही देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षा तथा एक-दुई स्थानहरुमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ।

आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको तथा कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन बिभाग ले अनुरोध गरेको छ।

त्यसै गरि श्रावण २८ गते आईतबार देशभर सामान्य देखि पुर्ण बदली रहने र देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको बताएको छ।

 

कमेन्ट गर्नुहोस्