सुन प्रकरण : थप एक पक्राउ

Share:

काठमाडौँ । श्रावण २ गते विमानस्थल भन्सारको गेट बाट समातिएको करिब एक सय किलो सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन्।

इंडियाबाट आज फर्किएका व्यवसायी राकेश अडुकियाका छोरा रोहन अडुकियालाई अध्यागन विभागले त्रिभुवन विमानस्थलबाट पक्राउ गरि राजस्व अनुसन्धान विभागमा बुझाउने तयारी भइरहेको स्रोतले जनाएको छ। अडुकिया राजस्व अनुसन्धान विभागबाट कालोसूचीमा राखेका व्यक्ति रहेको भनिएको छ भने सुन प्रकरणमा अडुकियाको घरमा छापा समेत मार‌ेको थियो।

हाल सम्म सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २१ पुगेको छ भने १ जना हाजिरी धरौटीमा छुटेका छन् भनि सेतोपाटिले लेखेको छ ।

कमेन्ट गर्नुहोस्