निजी विद्यालय सञ्चालकहरुको आन्दोलन स्थगित

Share:

काठमाडौं । सरकारले प्रस्तावित गरेको शिक्षा विधेयक विरुद्ध निजी विद्यालय सञ्चालकहरुले घोषणा गरेको आन्दोलन स्थगित भएको छ ।

‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ मन्त्रिपरिषदबाट पारित भइ प्रतिनिधिसभामा प्रवेश गराउने तयारी रहेको थियो यसैमा असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए ।

शिक्षामन्त्री अशोक राई र रक्षामन्त्री पूर्णबहादुर खड्का तथा सरोकारवालाहरु बीचको शुक्रबार भएको छलफलमा विधेयकमा निजी विद्यालय सञ्चालकले उठाएको माग सम्बोधन गर्न सरकार तयार भएको भन्दै पूर्वनिर्धारित आन्दोलनका कार्यक्रमहरु स्थगित गरिएको प्याब्सनले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस्