आयल निगमका गण्डकी प्रदेश प्रमुख विरूद्ध पक्राउ पुर्जी, डिजेल चोरी गरेको आरोप

Share:

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय, कास्कीले नेपाल आयल निगमका गण्डकी प्रदेश प्रमुख चितरञ्जन दासविरूद्ध पक्राउ पुर्जी जारी भएको जनाएको छ।

प्रहरीका अनुसार पश्चिमाञ्चल पेट्रोल पम्पका लागि लोड भएको ग २ ख ८३६ नम्बरको ट्यांकर डाँडा को नाक प्रहरी चौकीमा नापजाँचका क्रममा १२ हजार लिटर क्षमताको उक्त ट्यांकरमा १५ हजार लिटर डिजेल लोड गरिएको फेला परेको थियो।

कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको आदेशमा पेट्रोल पम्पले किनेको भन्दा ३ हजार लिटर थप चोरीको डिजेल फेला परेपछि दासविरूद्ध पक्राउ पुर्जी जारी गरि अनुसन्धान अगाडी बढाएको हो।

कमेन्ट गर्नुहोस्