
हेटौंडा। मकवानपुरमा एक सय किलो गाँजासहित एक जना पक्राउ परेका छन्।
आइतबार बिहान साढे २ बजे हेटौंडा उपमहानगरपालिका-४ कर्रास्थित सडकबाट एक सय किलो ६०० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेक कार्कीले जानकारी दिए। प्रहरीले गोरखा पालुङटार नगरपालिका-३ बस्ने ३७ वर्षीय दुर्गा दर्जीलाई पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा अस्थायी पोष्ट थानाभञ्ज्याङबाट प्रहरीको टोली खटिएको थियो। त्यसक्रममा हेटौंडाबाट पथलैया जाँदै गरेको बागमती प्रदेश ०३-००१ च १६८८ नं. को बोलेरो पिकअप गाडी प्रहरीले चेक गरेको थियो।
उक्त गाडी पछाडि बोराभित्र लुकाइएको अवस्थामा गाँजा फेला परेको हो। गाँजा फेला परेपछि प्रहरीले दर्जीलाई पक्राउ गरेको हो। (साभार : बागमती खबर)
कमेन्ट गर्नुहोस्







