सातै प्रदेशमा विस्तार भयो ट्राफिक भायोलेसन रेकर्ड सिस्टम

Share:

काठमाडौं । नेपालका २१ वटा जिल्लाहरूमा उच्च प्रबिधियुक्त ‘ट्राफिक भायोलेसन रेकर्ड सिस्टम सफ्टवयेर’ जडान भई श्रावण १ गते बाट संचालनमा आउने भएको छ ।

उक्त सिस्टम कोशी प्रदेशका सुनसरी, मोरङ र झापा, मधेस प्रदेशका सिरहा, पर्सा र महोत्तरी, बागमती प्रदेशका सिन्धुली, काभ्रे र मकवानपुरमा सञ्चालनमा ल्याइएको छ भने गण्डकी प्रदेशका कास्की, तनहुँ र नवलपरासी पूर्व, लुम्बिनी प्रदेशका रूपन्देही, दाङ र बाँके, कर्णाली प्रदेशका सुर्खेत, सल्यान र दैलेख तथा सुदूरपश्चिम प्रदेशका कैलाली, कंचनपुर र डोटी जिल्लामा लागू भएको नेपाल प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाले जनाएको छ।

सवारी नियम उल्लंघनका घटनाहरुमा कमि ल्याउन महत्वपुर्ण हुने अपेक्षा राखिएको यो प्रबिधि जडान पश्चात नियम उल्लंघनको कसुरमा जरिवाना वापत राजस्व संकलनलाई प्रदेशगत रूपमा बैंकिङ प्रणालीमा जोड्न समेत उपयोगी हुने बिश्वास रहेको छ ।

कमेन्ट गर्नुहोस्