काठमाडौं । असार महिनाको लागि बैंकहरुले ब्याजदर यथावत राख्ने निर्णय गरेका छन् । नेपाल बैंकर्स संघको आज बिहान बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।
अहिले मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत छ। केही समयअघि मुद्दतीको ब्याज १२.११३ प्रतिशतसम्म पुगेको थियो। निक्षेपको ब्याजदरको असर बिस्तारै आधार दरमा परेर ऋणको दर घट्न थालेको बुझाइ बैंकरको छ। असार मसान्तसम्म स्प्रेड दर ४ प्रतिशतमा झार्नुपर्ने व्यवस्थाले पनि ऋणको ब्याज घट्ने छ।
त्यस्तै, आजको बैठकले आर्थिक ऐन २०८० को बुँदा नम्बर २६ र २७ को व्यवस्थाबारे सरोकारवालाहरुसँग बृहत छलफल गर्ने निर्णय गरेको छ । यस व्यवस्थाले असर पार्ने सबै सरोकारवालाहरुसँग छलफल गर्ने, सबै एकसाथ मिलेर अगाडी बढ्ने र यी व्यवस्थाको प्रतिवाद गर्ने निर्णय संघले गरेको छ ।
कमेन्ट गर्नुहोस्







