जनकपुर — मंगलबार अपरान्ह ५ बजे बोलाइएको प्रदेशसभाको बैठकमा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने भएका छन् । शतप्रतिशत सांसदको विश्वासको मत पाएका यादवले एमाले सरकारबाट बाहिरिए पनि विश्वासको मत लिन आलटाल गरिरहेका मुख्यमन्त्री यादवले कानुनी अड्चनबाट बच्न मंगलबार साँझ विश्वासको मत दिन लागेका हुन् । प्रदेशसभाका शतप्रतिशत सांसदको विश्वासको मत पाएका मुख्यमन्त्री यादवले एमाले बाहिरिए पनि सरकारसँग दुई तिहाई सांसदको समर्थन रहेको भन्दै विश्वासको मत लिन आलटाल गरिरहेका थिए ।
सत्ता गठबन्धनबाट एमाले बाहिरिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्राव्धान रहे पनि मुख्यमन्त्री यादवले त्यसलाई मतलब गरेका थिएनन् । ३० दिनभित्र विश्वासको मत नलिए अदालतमा रिट पर्ने र त्यो मुख्यमन्त्रीको अनुकूल नहुने उनका कानुन व्यवसायीहरूले सल्लाह दिएपछि मुख्यमन्त्री यादवले मंगलबार साँझ ५ बजे प्रदेशसभाको आकस्मिक बैठक बोलाएर विश्वासको मत लिँदैछन् ।
कमेन्ट गर्नुहोस्







