भेटियो नेपालमा दादुरा, दाङकाे बंगलाचुलीमा १२ जनामा सङ्क्रमण

Share:

दाङ जिल्लाको बंगलाचुली गाउँपालिका स्थित हाँसीपुरमा १२ जनामा दादुरा सङ्क्रमण देखिएको छ जसमा एकै परिवारका चार जना समेत सामेल छन्।

सङ्क्रमित परिवारका चार जनामध्ये एक जनालाई आँखाको समस्या र अन्यलाई पखालाको समस्या देखा परेपछि डाक्टरसहितको टोली गएर नमुना सङ्कलन गर्दा हाँसीपुरमा १२ जना दादुराका बिरामी भेटिएका स्वास्थ्य कार्यालय दाङका प्रमुख डम्बर कुँवरले बताउनुभयो । उक्त स्थानमा अन्यको परिक्षण समेत गरिएको र केही बिरामीको रिपोर्ट आउन बाँकी रहेकाले दादुराका बिरामीकाे सङ्ख्या बढ्न सक्ने उहाँको भनाइ छ ।

कमेन्ट गर्नुहोस्