
प्रदेश प्रहरी कार्यालय बागमतीले पत्रकार भेटघाट कार्यक्रम गर्दै चालु वर्षको प्रगति विवरण सार्वजानिक गरेको छ ।
कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक एंव प्रवक्ता दीपक रेग्मीले चालु वर्षको प्रगति विवरण सार्वजानिक गर्दै जम्मा दर्ता भएको चार हजार ५४ वटा मुद्दा मध्ये ३६ कर्तव्यज्यान, ६३ ज्यान मार्ने उद्योगमा, २०८ सवारी ज्यान, ३२२ लागुऔषध, २२४ जबरजस्ती करणी, ५९ जबरजस्ती करणी उद्योग, ७९४ आत्महत्या, ५७ ठगी, २५९ चोरी, ६५ बहुविवाह, ३३ जुवातास र अन्य शीर्षकमा एक हजार ९३४ मुद्दा दर्ता भएको जानकारी गराउनु भएको हो ।
प्रहरी नायब उपरिक्षक किरण राणाले आन्तरिक शुद्धीकरण देखि अपराध नियन्त्रणको अभियानमा उत्तिकै लागि परेको बताउदै पछिल्लो समय नेपालमा डरलाग्दो रुपमा अफिम खेती बढिरहेकोसमेत जानकारी गराउनु भयो । प्रदेशभित्रका फरार अपराधी पक्राउमा तीव्रता दिने, सबै किसिमको तस्करी नियन्त्रण गर्ने, अवैध प्राकृतिक स्रोतसाधनको दोहनलाई पूर्ण रुपमा निषेध गरिने, प्रहरी जनशक्ति सुदृढिकरण एंव शुन्यसहनशीलाको नीति अवलम्बन गर्ने जस्ता योजनाहरु रहेको डिआईजी राणाले बताउनुभयो ।
कमेन्ट गर्नुहोस्







