एमालेमा फर्कने वामदेवको घोषणा: ओलीले बोलाए जाने

Share:

काठमाडौं,२४ जेठ । राष्ट्रिय सभा सदस्य एवं नेकपा एमालेका पूर्व उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभाको बैंठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँगको कुराकानीमा एमालेले ७० वर्षे उमेरहद हटाउने निर्णयको स्वागत गर्दै अध्यक्ष केपी शर्मा ओलीले बोलाएमा खुसीसाथ एमालेमा फर्कने घोषणा गरेका छन् ।

७० वर्षे हट्नै पर्ने आफ्नो प्रस्ताव रहेको बताउदै बामदेवले भने उमेर हदका आधारमा कसैलाई विभेद गर्न नपाइँने कुरा ब्यक्त गरे । मलाई नै रोक्न ७० वर्षे उमेर हद ल्याएको बताउदै आउनुस भनेछन् भने एमालेमा र्फकिने मनशाय ब्यक्त गरे । आफ्नो सदस्यता अझै पनि त्यहीँ  रहेको र अझै पनि त्यसको माया छ भन्दै पोहोरसम्म सदस्यता शुल्क तिरिसकेको जानकारी समेत दिएका छन् ।

कमेन्ट गर्नुहोस्