
काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि प्रतिवादी पक्षका कानुन व्यावसायीले बहस गर्ने भएका छन् । काठमाडौं जिल्ला अदालतमा जारी थुनछेक बहस अन्तर्गत सरकार पक्षको बहस मंगलबार सकिएपछि बुधबारबाट प्रतिवादीको बहस हुन लागेको हो ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेले वादीका तर्फबाट बहस को निम्ति ३ दिन र प्रतिवादीका तर्फबाट बहसको निम्ति ६ दिनको समय छुट्याउनु भएकोमा गत आइतबार सरकारी वकिलको तर्फबाट महेश खत्रीले सोमबार र मंगलबार जनक घिमिरे, सीताराम अर्याल, दिनेश भट्टराई, प्रकाश घिमिरेले लगायतले बहस गरेका थिए । थुनछेक बहस सकिएपछि प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने भन्ने आदेश हुनेछ ।
नक्कली शरणार्थी प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परिसकेका तथा १२ जना अझै फरार रहेको थाहा भएको छ ।
कमेन्ट गर्नुहोस्







