काठमाडौँ, जेठ २१ गते । हाल नेपालमा बढेको उच्च तापक्रमका कारण काठमाडौँ लगायतका पहाडी भागमा गर्मि बढेको छ, संगै तराईका भूभागमा तातो हावा (लू) चल्न थालेको छ। यसले गर्दा तराईमा शिक्षण संस्था धमाधम बन्द हुन थालेका छन् भने जनजीवन निकै प्रभावित हुन पुगेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार देशका अधिकांश भागमा तापक्रम बढ्ने क्रम साताभर जारी रहने सम्भावना छ। पूर्व र पश्चिम तराईको तुलनामा मध्य तराईमा लू अझै साताभर रहने अनुमान गरिएको छ। मध्य तराई छोएको सप्तरीदेखि भैरहवासम्मको भूभागमा लूको प्रभाव अत्यधिक छ। बिज्ञका अनुसार मौसममा आएको बृद्धीले शरीर शिथिल हुँदै जाने, थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता हुने आदि भएकोले सावधानी अपनाउन सुझाब गरिएको छ।







