काठमाडौँ, २१ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तहरुको काठमाडौँ जिल्ला अदालतमा बयान सकिएपछि आजबाट थुनछेक बहस प्रारम्भ हुदैछ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा टोपबहादुर रायमाझी, बालकृष्ण खाण, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाललगायत १८ जनाको बयान भएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले ३३ जनाविरुद्ध २७ करोड ५० लाख ५७ हजार बिगो दाबी गर्दै मुद्दा दर्ता गरेको छ ।
कमेन्ट गर्नुहोस्







