आज प्रतिनिधिसभा बैठकमा एमालेले प्रधानमन्त्रीले भारत भ्रमणमा दिएको अभिव्यक्तिबारे संसदमा जवाफ माग गर्ने

Share:

काठमाडौं ।  बजेट तथा अन्य बिषयमा छलफलको निम्ति आज बिहान ११ बजे बस्ने गरी बोलाइएको प्रतिनिधिसभाको बैठकमा एमालेले प्रधानमन्त्रीले भारत भ्रमण  क्रममा दिएको अभिव्यक्तिबारे संसदमा जवाफ माग गर्ने भएको छ ।

एमाले श्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा गैरजिम्मेवार र राष्ट्रहित विपरित अभिव्यक्ति दिएकोप्रति संसदमा जवाफ माग गर्ने भएको हो । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा सञ्चारकर्मीहरुसँग कालापानी र लिपुलेक दिएर फूलबारी बन्दरगाहसम्मको रुट लिने अभिव्यक्ति दिएका थिए । अहिले प्रधानमन्त्रीको सो अभिव्यक्तिको विरोध भइरहेको छ । यसबारे एमालेले प्रधानमन्त्रीको जवाफ माग्ने भएको हो ।

बैठकमा विभिन्न शोक प्रस्ताव प्रस्तुत गर्ने तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८०–०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको छ ।

 

कमेन्ट गर्नुहोस्