
काठमाडौं ९ जेठ । नेपाल धितोपत्र बोर्डले सात नयाँ ब्रोकर कम्पनीहरुलाई लाईसेन्स प्रदान गरेको छ । सोमबार बसेको संचालक समितीको बैठकले सो निर्णय गरेको हो ।
हाल जम्मा ५० बटा धितोपत्र ब्रोकर रहेकोमा उप्रान्त प्रोपर्टी विजार्ड, क्यापिटल म्याक्स सेक्युरिटिज, हिमालयन ब्रोकरेज, भोले गणेश सेक्युरिटिज, मियो सेक्युरिटिज र सन सेक्युरिटिज गरी ५७ वटा धितोपत्र दलाल कम्पनी (शेयर ब्रोकर) रहने छन् ।
धितोपत्र बोर्डले लाईसेन्सका लागी आवेदन माग गरेकोमा जम्मा ४५ वटा परेको थियो । प्रकृया पुरा गरेका जम्मा ४२ बटा निवेदनकर्तालाई आशयपत्र दिएकोमा आवश्यक पूर्वाधार पूरा गरेका सात कम्पनीहरुलाई मात्र संचालन अनुमती दिईएको जानकारी गराईएको छ ।
कमेन्ट गर्नुहोस्







